नक्कली पेस्तोल देखाएर लुट्न खोजेपछि एमएमए फाइटरको भेट्टायो राम धुलाई

एजेन्सी। मिक्सड मार्सल आर्टस् (एमएमए) फाइटरहरुलाई विश्वकै कुशल फाइटरको रुपमा लिइन्छ। (एमएमए) फाइटरहरुसँग एक मात्र नभइ भिन्न-भिन्न मार्सल आर्टस् सम्बन्धि ज्ञान हुनेहुँदा धेरै खतरनाक मानिन्छन्।

यस्तै एक खतरनाक एमएमए फाइटरसँग जोरी खोज्नु एक व्यक्तिलाई महँगो परेको छ। रियो दि जेनेरियोमा युएफसी खेलाडी पोल्याना भियानालाई जुट्न खोज्दा एक पुरुषले नराम्ररी धुलाई भेटे।

अन्तराष्ट्रिय संचार माध्यममा सम्प्रेषित समाचार अनुसार घटना गत शनिबारको रहेको छ। शनिबार आफ्नो घर अगाडि उबर पर्खिरहेको बेला पोल्याना भियानालाई लुट्ने प्रयास भएको थियो।

पेस्तोल देखाउँदै लुट्ने प्रयास गर्ने ती पुरुषलाई पोल्याना त्यति बेला आक्रमण गरिन् जब उनले पेस्तोल नक्कली भएको चाल पाइन्। घटनाको बारेमा पोल्याना भन्छिन्,”मैले दुई पञ्च र एक लात हाने । उनी लडेपछि मैले घाँटी न्याँके र लक लगाए । त्यसपछि म उठे र पहिले कै ठाउँमा बसे,”

घटनास्थलमा प्रहरी नआइपुगेसम्म ती लुटेरालाई पोल्याना पक्रेर राखेकी थिइन्। घटनास्थलमा पुगेको प्रहरीले लुटेरासँग भएको पेस्तोल कार्डबोर्डले बनाइएको खुलासा भएको हो ।