शृंखला खतिवडाको यो तस्विर किन बन्यो यति धेरै आलोचित ? खास कारण यस्तो छ !

काठमाडौँ, २५ पुष । निकै चर्चामा रहेकी मिस नेपाल २०१८ शृंखला खतिवडा अहिले आएर विवादमा पनि तानिएकी छिन् । राम्रो काम गर्दा गर्दै कहाँ कतिबेला मान्छे चिप्लिन्छ भन्ने कुरा कसैलाई थाहै हुन्न । सायद त्यसैले हुनु पर्छ शृंखलाले पनि थोरै होस् नपुर्याउदा आलोचनाको शिकार बन्नु परेको छ ।

पछिल्लो समय उनको एक तस्बिरलाई लिएर उनको आलोचना शुरु भएको हो । जसमा उनि चेपाङ गाउ पुगेर न्यानो कपडा वितरण गरेकी छिन् । यससँगै उनले चेपाङ गाउका बालबालिकाहरुलाई क्रिसमसको टोपी समेत लगाईदिएकी छिन् । मुख्य आलोचनाको केन्द्र नै यहिँ बन्यो ।

हुन त मिस नेपाल शृंखला निकै बौद्धिक छिन्, तर यस तस्बिर बाहिर आएपछि धेरैले उनी ‘मिस नेपाल हो कि मिस क्रिस्चियन’ हो भन्ने प्रश्न गर्न समेत भ्याएका छन् । देशको एक सेलिब्रिटी भएर धार्मिक आवरणमा प्रचारजन्य क्रियाकलापमा देखिएको र जाडो ढाक्ने बहानामा क्रिस्चियन धर्म झल्कने टोपी बाँडिरहेको भन्दै धेरैले शृंखलाको उक्त फोटोमा कमेन्ट गरेका छन् । उनको राम्रो र नराम्रो दुवै ट्रोल बनिरहेको छ। धेरैले उनको प्रसंशा पनि गरेका छन् ।

पछिल्लो समय धर्म परिवर्तन गराउने काममा चर्चित सेलिब्रिटी प्रयोग हुँदै आएका कारण पनि शृंखलाको यति धेरै आलोचना भएको अनुमान लगाउन सकिन्छ । साथै अधिकांश कम्युनिस्ट पार्टीका नेताहरूले क्रिस्चियन धर्म अंगालेका छन् । त्यसको प्रभाव शृंखलामा पनि देखिएको हो कि भन्ने जिज्ञासा धेरैले राखेका छन् ।

शृंखला नेकपा सांसद विरोध खतिवडाकी छोरी हुन् । चीनमा सम्पन्न मिस वल्र्ड २०१८ मा राम्रो पर्फमेन्स गरेपछि उनको चर्चा निकै चुलिएको हो । मिस वल्र्डको ६८ औँ संस्करण टप १२ सम्म पुगेर एक इतिहास नै बनाएकी छिन् । यधपी शृंखलाले धर्मको प्रचार-प्रसार गरेको हो या होइन त्यो भने उनले नै कुनै दिन मुख खोल्ने छिन् ।