नेकपा नेता न्यौपाने भन्छन् : “राजदुत शेर्पासँग ३ करोड लिएको पुष्टि भए प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्छ !” (स्टाटस सहित)

काठमाडौँ, २५ पुस । नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले अष्ट्रेलियाकी पूर्व राजदुत लक्की सेर्पाका विषयमा सार्वजनिक भएका समाचारहरु पुष्टि भएमा स्वयम लक्की शेर्पा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जेल हाल्नुपर्ने बताएका छन् ।

नेता न्यौपानेले आफ्नो फेसबुक एकाउन्टमा स्ट्याटस पोस्ट गर्दै मानव कारोबारको आरोपमा अष्ट्रेलियाको राजदूतबाट बर्खास्त भएपछि लक्की सेर्पाले प्रधानमन्त्री ओलीलाई राजदूत हुनका लागी ३ करोड दिएको भन्ने समाचार बहिरिएकाले उक्त विषय पुष्टि भएमा सेर्पासहित ओलीलाई जेल हाल्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेकपाका केन्द्रिय सदस्य समेत रहेका न्यौपानेले यदि यो समाचार गलत हो र प्रधानमन्त्री ओली र पार्टीको बद्नाम गर्न खोजिएको हो भने त्यो समाचार लेख्ने पत्रकारलाई जेल कोच्नु पर्ने बताएका छन् । कसैको बद्नाम गर्ने छुट पत्रकारलाई नभएको उनको धारणा छ ।

न्यौपानेको स्टाटस जस्ताको त्यस्तै :