फेसबुकमा चिनजान भएकी महिलालाई जागिर लगिदिने भन्दै भेट्न बोलाएर ४ दिनसम्म बलात्कार !

काठमाडौँ : युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले इटहरीबाट एक युवालाई पक्राउ गरेको छ।

भोजपुर पावादुम्बाकी ३५ वर्षीया महिलामाथि जबर्जस्ति गरेको आरोपमा प्रहरीले सुनसरीको इहटरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई पक्राउ गरेको हो।

सामजिक संजाल फेसबुकमार्फत चिनजान भएकी महिलालाई राईले जागिर लगाईदिने भन्दै भेट्न बोलाएर जबर्जस्ति गरेको उजूरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राईले आफूलाई जागिर लगाईदिने बहानामा धरान बोलाएर गत पुस गतेदेखि २४ गतेसम्म बन्धक बनाई जबर्जस्ति गरेको आरोप महिलाले लगाएपछि उनलाई पक्राउ गरिएको हो।

जबर्जस्ति करणीको अभियोग लागेका राईमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।