उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, २५ पुस । पुस महिनाको अन्त्यतिर नेपाली बजारमा सुनको मूल्य लागातर उकालो लागेको छ ।

आज बुधबार छापावाल सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी माहासंघले जनाएको छ । हिजो प्रति तोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रति तोला ५९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको मुल्यमा पनि ५ रुपैयाँ वृद्धि भएको माहासंघले जनाएको छ ।