नेपाल टेलिकमको कार्यलय गाईगोठमा परिणत भएपछि ….!

बेलबारी, २५ पुस । नेपाल टेलिकमको कार्यलय गाईगोठमा परिणत भएको सुन्दा जो कोहीलाई दुख लाग्छ । कार्यलय परिसरमा करोडौ मुल्यका टेलिकमका सामाग्रीहरु जतासुकै छरिएका छन भने तारहरु समेत यत्रतत्र रुपमा देखिन्छन ।

कार्यलय परिसरमा १ सय भन्दा बढी गाईबस्तु बाँधिएका छन् । गाईगोठकै रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तार देखि महत्वपुर्ण सामानहरु गोबरले पुरिएका छन् । सो स्थानमा रहेको टावर केही बर्षअघि नै हावाले लडाईसकेको थियो । टावरको कुनै सामानहरु सो स्थानमा छैनन् । सो स्थानबाट धेरै सामानहरु हराईसकेका छन भने कतिपय सामानहरु खिया लागेर कामै नदिने भएका छन । जिर्ण बनेको गेटमा ताला लगाएपनि केही स्थानीयहरुले सो ताला फोरेर गाई बाँध्ने गोठ बनाएका छन ।

बि.स २०५४ सालमा तत्कालीन बेलबारी गाँउ बिकास समितिको अध्यक्ष शिवप्रसाद बराल रहेका बेला नेपाल टेलिकम क्षेत्रिय कार्यलय सँग सो स्थानमा टावर निर्माण गर्ने सहमतिका साथ २ कठठा जग्गा उपलब्ध गराईएको थियो । सो स्थानमा टावर निर्माण भएपनि सो टावरले सेवा प्रबाह नगरेको र उल्टै गाबिसको जग्गा ओगटेर यतिबेला लथालिंङ बनेको स्थानीय गुनासो गर्छन ।

बर्षौदेखि सो स्थानलाई न त टेलिकमले प्रयोग गर्न सकेको छ न त नगरपालिका ले नै उपयोग गर्न सकेको छ । बेलबारी नगरपालिका भईसककेको र स्थानीय निर्बाचन भएर जनप्रतिनिधि समेत आएको १ बर्ष बितिसके पनि सोही ठाँउको उपयोग नभएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन ।