बाजुरामा छाउगोठमा आगलागी हुँदा आमासहित दुई छोराको मृत्यु

बाजुरा । बाजुरा बुढीनन्दा नगरपालिका-९ अंगपानी भुपेचौरमा छाउगोठ आगलागी हुँदा जनाको मृत्यु भएको छ ।

आगलागी परी सोही ठाउँकी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा सुरेश बोहरा (९ वर्ष) र रमित बोहरा (७ वर्ष) को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले घटनाको पुष्टि गर्दै के कति कारणले आगलागी भएको हो त्यसको अनुन्धान भइरहेको बताए । मंगलबार राति छाउगोठमा सुतिरहेको बेला आगो ओछ्यान लगाएको  हुन सक्ने प्रहरी जनाएको छ ।