युवतीको हत्या गरि सुट्केस भित्र कोचिएको अवस्थामा अर्धनग्न शव फेला

एजेन्सी। यूक्रेनमा एउटा भयानक घटनाले सबैमा त्रास फैलिएको छ। अर्धनग्न अवस्थामा रहेकी युवतीको शव एक सुट्केस भित्र भेटिएको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

घटनाको चाल पाउने बितिकै स्थानीय प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ। १९ वर्षीय डारिया बिलऊस नाम गरेकी अर्धनग्न युवती सुट्केस भित्र कोचिएको अवस्थामा फेला परेकी थिइन्।

प्रत्यक्षदर्शीहरुका अनुसार पाँच मानिसहरुले एक सुट्केस फोहोरको थुप्रोमा फ्याँकेर भागेका थिए। फरेन्सिक रिपोर्टका अनुसार १९ वर्षीय विद्यार्थीको घाँटी अठ्याएको कारण मृत्यु भएको हो।

साथै घाँटीमा धारिलो हतियार पनि प्रहार भएको अनुसन्धानमा खुलेको छ। सडकमा बस्ने एक व्यक्तिले शुरुमा त्यस सुट्केस खोलेका थिए। खाना मिल्ने आशामा ती सडकमा बस्ने व्यक्तिले सुट्केसमा युवतीको शव भेटेपछि घटनाको खुलासा भएको हो।

“हाम्रो एक छिमेकिले सुट्केस फ्याकेर जाने पाँच जनालाई देखेका थिए। बेलुकाको लगभग १० बजेर पाँच व्यक्तिले सुट्केस फ्याकेको उनले बताए” एक स्थानीयले भने।

डारियाका सामाजिक संजाल साथीहरु माथि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्राप्त जानकारी अनुसार मृत डारियालाई एक आश्रमले पालन-पोषण गरेको थियो।