नेपाली सेनाका यी जवानले आफ्नो २४ वर्षीय श्रीमतीको यसरी गरे घरमै विभत्स हत्या – तस्बिरसहित

बर्दिया, २५ पुस । बर्दियाको गुलरिया स्थित कृष्णसार टोलकी शुस्मा कुवँर बोहोरालाई आफ्नै श्रीमान मोहन बोहोराले हत्या गरेका छन । आफ्नै घरमा घरेलु हतियारको प्रयोग गरि २४ बर्षीया सुष्मा कुँवरको सोमबार राति हत्या भएको हो ।

श्रीमतीको हत्या अभियोगमा मृतककै पति ३५ बर्षीय मोहन बोहोरा सहित ससुरा टिकाराम बोहोरा र सासु दिज्जु बोहोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । हत्या गरि भागिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलिले खैरापुरबाट मोहन बोहोरा समात्न सफल भएको छ। बोहोरा जवरजङ्ग गण बुटवल रामनगरमा सिपाही पदमा कार्यरत रहेको खुल्न आएको छ ।

मध्य राती ११ बजे तिर घरमा झगडा भएको चिच्याएको आवाज सुनेपछि छिमेकीहरु जान डराएर प्रहरीलाई खबर गरेका थिए । प्रहरी त्यहा पुग्दा मोहन बोहरा प्रहरीलाई छलेर भाग्न सफल भएका थिए । त्यस लगत्तै प्रहरी र स्थानीय  भएर वरपर खोज्दा तलास गर्दा फेला परेनन् । तर करिब ४ घन्टा पछी गुलरिया नगरपालिकाको खैरापुर एरियामा भागि रहेको अबस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो।

अभियुक्त तथा मृतकका दुई छोरा छन् । घटना के कारणले भयो थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीकार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताउनु भयो ।