अबदेखि पीएको तलब पीएकै खातामा, सुरु भयो खाता खोल्ने कार्य

काठमाडौँ, २५ पुस । संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ ।

सांसदले पीएको तलब आफैं बुझ्ने गरेको समाचार सार्वजनिक भएपछि शाखाले पीएको खाता खोल्न शुरु गरेको हो ।

खाता खोल्नका लागि पीएलाई फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

उनले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताए । सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ ।