सिधा कुरा जनतासंग अझ सशक्त हुदै, रबि लामिछानेले अब टोलफ्री 9801572427 एनसेल नम्बर मार्फत २४ सै घण्टा जनताको कुरा सुन्ने, यसै नम्बरबाट भाइबर, ह्वाट्सएप मार्फत फोटो भिडियो पनि पठाउन सकिने

काठमाडौँ, २४ पुस । चर्चित टेलिभिजन शो सिधा कुरा जनतासंग अझ सशक्त हुने भएको छ । प्रस्तोता रबि लामिछाने भन्नु हुन्छ : ”आजदेखि हामीले एनटिसीका प्रयोकर्ताका लागि मात्र होइन एनसेलका ग्राहकका लागि पनि टोल फ्री नम्बर राखेका छाँै । १६६००११२४२४ एनटिसिको ग्राहकका लागि थियो भने ९८०१५७२्र४२४ एनसेलका ग्राहकका लागि पनि आजैबाट थपेका छौँ ।

यो पनि टल फ्री । कार्यक्रमका दौरानमा संसारभरीका दर्शकले यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ भने कार्यक्रम प्रशारण नभएको बेला यही नम्बरको भाइबरमा आफ्ना समस्याहरु र सम्बन्धित श्रब्यदृश्य सामाग्री पनि पठाउन सक्नु हुन्छ । अर्को, आउँदो माघ १ गते देखि हामी हेल्प डेस्क सञ्चालन गर्दैछाँै । आउँदो माघ १ गतेबाट कुनै पनि घटना, समाचार बारे जानकारी लिन हाम्रो हेल्प डेक्स टिम सातै दिन २४ सै घण्टा तैनाथ हुनेछन् । २४ हेल्प डेक्स माघ १ बाट २४ सै घण्टा सातै दिन ।

यति मात्रै होइन, हामी त अझै उर्जावान पो भएका छौं । न्युज २४ टेलिभिजन र यसका कार्यक्रमहरुमा दर्शकहरु गुनासो वा समाचार लिएर काठमाडौं स्थित हाम्रो कार्यालयमा धाउनु पर्ने बाध्यतामा हुनुहुन्छ । हामी दर्शकह्ररुको त्यो बाध्यताको अन्त्य गर्दैैछाँै । आउँदो वैशाख ८ गते न्युज २४ टेलिभिजन ९ बर्ष पुरा गरी १० बर्षमा प्रवेश गर्दैछ ।

वैशाख ८ गते बाट देशका सातै प्रदेशमा हाम्रो कार्यालय र विशेष गरी कार्यक्रम सीधाकुरा जनतासँग मार्फत आफ्नो गुनासो आफ्नै प्रदेशमा रहेर गर्न सक्नु हुनेछ । हामी तपाइकै प्रदेशमा हामीले सञ्चालन गर्ने कार्यालयबाटै तपाईको चासो गुनासो र प्रश्न सम्बोधन गर्ने छाँै ।
वैशाख ८ गते देखि हामी स्वयं तपाइको प्रदेशमा आउने छाँै । तपाईले काठमाडौ आउनु पर्दैन, धाउनु पर्दैन । यसरी अझै बढी मजबुद, अझै बढी जिम्मेवार बन्ने प्रणका साथ हामी आएका छौँ । स्वदेश अनि विदेशमा रहेका हरेक नेपाली नागरीकको आवाज बन्ने हाम्रो प्रयासले यो समाजमा केही योगदान पक्कै पनि दिनेछ । न्युज२४बाट

भिडियो हेरेर शेयर गर्न नभुल्नुहोस :