आज काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ५ डिग्री !

काठमाडौं, २५ पुस । आज काठमाडौं उपत्यकाको तापक्रममा वृद्धि भएको ज तथा मौसम बिज्ञान विभागले जनाएको छ ।

आज विहान मापन गरिएको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन रहेको छ ।

काठमाडौं उपत्यकाको हिजो बिहान ६ बजेको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । विभागका अनुसार काठमाडौं उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ ।

यसवर्ष अहिलेसम्म सबैभन्दा कम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसम्म पुगेको थियो । आज दिउसो पूर्वी भागमा आंशिक बदली रहनेछ भने उच्च पहाडी भू–भागमा आंशिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।