संसदको प्रश्न : ‘राणाकालका विकास वर्षौं टिक्ने, अहिलेको टिक्दै नटिक्ने’

काठमाडौँ , २५ पुस । संघिय संसद्को बैठकमा राष्ट्रिय गौरवको आयोजनाको विषयले पनि बल्ल प्रवेश पाएको छ ।

संघीय संसद्को विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकमा विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको विषयले प्रवेश पाएको हो ।

मंगलबारको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो ।

समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए ।

सांसद टेकबहादुर बस्नेतले राणाकालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।