क्यामराकै अगाडि नेहाले आफ्नो स्कर्ट खोलेर के गर्न लागेकी हुन् ? एकाएक भाइरल भयो भिडियो ! (भिडियोसहित)

एजेन्सी, २५ पुस । केहि समय अगाडी डिप्रेसन भएकी भनिएकी बलिउड चर्चित गायिका नेहा कक्कडले निकै फन्नी भिडियो सामाजिक संजालमा पोस्ट गरेकी छन् ।

सामाजिक संजालमा निकै सक्रिय रहने नेहाले गायक सोनु निगमसंगको सुटका क्रममा खिचिएको एक भिडियो पोस्ट गरेकी हुन् ।

यो भिडियोमा नेहाले शुटिङका क्रममा कालो रङको टप र स्कर्ट लगाएकी थिइन् । शुटिङ पूरा हुने वित्तिकै नेहाले आफ्नो स्कर्ट खोल्छिन् । अनि सबैजना नेहाले के गर्न लागेकी हुन् भनेर छक्क पर्छन् । त्यसपछि थाहा हुन्छ की नेहाले भित्रबाट अर्को कपडा पनि लगाएकी रहिछन् ।

सबै दृष्य हेरिरहेका दर्शक मजाले हाँस्छन् । पछि सोनुले नेहाको स्कर्ट लगाउन खोज्छन् । तर स्कर्ट सोनुको खुट्टामा अल्झिन्छ । यो सबै दृष्य हेरिरहेकी नेहा जोडसँग हाँस्छिन् । यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । पाँच घण्टामा मात्रै यो भिडियोलाई १५ लाख भन्दा धेरैले हेरिसकेका छन् ।

उक्त फन्नी भिडियो हेर्नुहोस :