लगातार दोस्रो पटक सलाहले जिते अफ्रिकन वर्ष खेलाडीको उपाधि

एजेन्सी, २५ पुस । यो बर्ष पनि अफ्रिकन वर्ष खेलाडीको उपाधि लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले हात पारेका छन् ।

सलाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पार्दै लगातार दोस्रो पटक अवार्ड जितेका हुन् ।

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड दिइएको हो ।

सेनेगलमा आयोजना भएको विशेष समारोहमा सलाहले २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । उनकै प्रदर्शनले लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।