‘रणवीर’ को पोस्टर सार्बजनिक

काठमाडौँ, २४ पुस । चलचित्र ‘रणवीर’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

आज राजधानीमा एक कार्यक्रमकाबीच प्रेम , मित्रता र बदलाको कथामा निर्माण भएको चलचित्र ‘रणवीर’को पहिलो पोस्टर सार्बजनिक गरिएको हो ।

सार्वजनिक भएको पोस्टरमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्ट र सुशान्त ताम्राकारलाई देख्न सकिन्छ ।

आगामी माघ १८ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

गोविन्द सिंह भण्डारीको कथा , पटकथा , संवाद रहेको यस चलचित्रमा छायांकन महेश पौडेलको र सम्पादन कृष्ण भण्डारीको रहेको छ ।