“इमोशनले होईन ब्रेनले काम गर्नुपर्छ”: श्रृंखला खतिवडा भन्छिन् मोडल नभन्नु, फिल्म खेल्दिन (भिडियो) अन्तरबार्ता

काठमाडौँ – नेपाली इतिहासकै सर्वाधिक लोकप्रिय मिस नेपाल श्रृंखला खतिवडाको वाहवाही अझै सकिएको छैन । मिस नेपालको ताज पहिरिएसँगै चर्चामा आएकी श्रृंखलाले मिस वर्ल्ड प्रतिस्पर्धामा एकपछि अर्काे अवार्ड जित हात पार्दै चर्चाको शिखर चढिन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्युटी विथ पर्पज’ र ‘मल्टिमिडिया अवार्ड’ हात पार्दै अघि बढेसँगै उनको नाम अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत छायो ।

मिस वर्ल्डको प्रतिस्पर्धा गर्न जाने हरेकले एउटा प्रोजेक्ट गर्नुपर्ने हुन्छ । चाहे त्यो ठूलो होस् वा सानो । दिर्घकालिन सोच राख्ने श्रृंखलाले भने आआफ्नो प्रोजेक्टका लागि मकवानपुरको चेपाङवस्ती रोजिन् । यो निकै विकट वस्ती हो जहाँ न्यूनतम पूर्वाधारको समेत अभाव छ । यो वस्तीमा करिव तीन हजार ५ सय जना बसोवास गर्छन् ।

हेर्नुहोस् श्रृंखला खतिवडा संगको (भिडियो) अन्तरबार्ता

(भिडियो)