धर्म परित्याग गर्दा मृत्युदण्ड दिने कानुनी प्रावधान भए पनि १८ वर्षीया साउदी युवती इस्लाम धर्म परित्याग गरि भागेर थाईल्यान्डमा ! अहिले के गर्दैछिन् ?

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले परिवारबाट भागेकी १८ वर्षीया साउदी युवतीलाई फिर्ता नपठाएकोमा थाई अधिकारीहरूप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

मोहम्मद अल-कुकुन नाम गरेकी ती युवतीले आफूले इस्लाम धर्म परित्याग गरेर भागेको हुनाले परिवारबाटै आफ्नो ज्यान असुरक्षित भएको दाबी गरेकी छन्। साउदी अरबमा धर्म परित्याग गर्दा मृत्युदण्ड दिने कानुनी प्रावधान छ।

गत सप्ताहान्त अस्ट्रेलिया जान भनी कुवेतबाट विमान चढेर ब्याङ्‌कक पुगेकी उनलाई नियन्त्रणमा लिएर सुवर्णभूमि विमानस्थलस्थित एउटा होटलमा राखिएको थियो।

इस्लाम परित्याग गरेर परिवारबाट भाग्ने यी साउदी युवती को हुन्
महिलासँग बसेर खाना खाने इजिप्टेली पक्राउ

थाई अधिकारीहरूले ती युवतीलाई सोमवार कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर उनले होटेलको कोठा थुनेर आफू फिर्ता नजाने अडान लिएकी थिइन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत् उनले शरणका लागि संयुक्त राष्टसङ्घ र विभिन्न राष्ट्रहरूलाई गुहारेकी थिइन्।

शरणको मागबारे

अहिले मोहम्मद अल-कुकुन यूएनएचसीआरको संरक्षकत्वमा विमानस्थलको होटलबाट बाहिर निस्किसकेकी छन् । परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहाफ मोहम्मद अल-कुकुन तीन दिनअघि त्यहाँबाट भागेर ब्याङ्‌कक पुगएकी थिइन्

थाई अध्यागमन अधिकारीहरूले उनले कुवेत फर्किनुपर्ने बताएका थिए। उनको परिवार हाल कुवेतमा रहेको छ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले मोहम्मद अल-कुकुनको शरणको मागको परीक्षण गर्न केही दिन लाग्न सक्ने बताएको छ।

थाईल्यान्डस्थित साउदी दूतावासले ती युवतीलाई फिर्ता गर्न साउदी सरकारले अनुरोधको दाबीको खण्डन गरेको विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ।

आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै उनले समाचारसंस्था रोयटर्सलाई भनेकी थिइन्, “मेरा दाजुभाइ र परिवार एवम् साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन सङ्कटमा छ।”

बिबिसी