निक जोनसलाई प्रियंकाका पुर्व प्रेमी शाहिदले दिए यस्तो सुझाव !

मुम्बई, २४ पुस । बलिउड चर्चित अभिनेता शाहिद कपुर र भर्खरै वैवाहिक जीवनमा बाँधिएकी बलिउड र हलिउड दुवैमा तहल्का मच्च्याउँन सफल अभिनेत्री प्रियंका चोपडाबिचको प्रेम सम्बन्धले कुनै बेला बलिउड निकै चर्चा कमाएको थियो । यी दुईबीचको प्रेमसम्बन्धबारे भारतीय मिडियाले पनि राम्रै कभरेज दिन्थ्यो ।

तर अहिले स्थिती फेरिएको छ । प्रियंका चोपडाले केही महिनाअघि मात्रै अमेरिकी गायक निक जोनसँग विवाह गरेकी छिन् ।

शाहीद कपूरले पनि केही वर्षअघि मीरा राजपुतसँग विवाह गरेका छन । शाहीद र मीराका एक छोरा र एक छोरी छन ।

यसैबीच करणले जब शाहीदलाई प्रियंका चोपडा र निक जोनसलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ भन्ने प्रश्नमा शाहीदले झट्पट उत्तर दिए, ‘म निकलाई यो भन्न चाहन्छु कि यो सम्बन्धबाट कहिले पनि बाहिर आउन नखोज्नु किनभने अहिले उनी जोसँग छन् उनी पूर्ण रुपमा ‘देसी गर्ल’ हुन् । यति भनेपछि शाहिदले क्यामरातर्फ आँखा झिम्काए ।

शाहिद कपुरको यो सल्लाहलाई बलिउडमा फेरी तहल्का पिटेको छ ।