बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

एजेन्सी, २४ पुस । ओमंग कुमारको निर्देशनमा बनेको बायोपिक ‘पिएम नरेन्द्र मोदी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बयोपिकमा विवेक ओबरोय नरेन्द्र मोदीको भेषमा देखिएका छन् ।

पोस्टरमा राष्ट्रभाव ‘देशभक्ति न मेरा शक्ति’ समेत प्रस्तुत गरिएको छ। निर्माण युनिटले फिल्मका पोस्टरलाई ८ भाषामा सार्वजनिक गरेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

सन् २०१९ को चुनावअघि उक्त फिल्म मोदीका लागि महत्वपूर्ण हुने सञ्चारमाध्यमहरूमा उल्लेख छ ।

सुरेश ओबेरोय र सन्दीप सिंहको प्रोडक्सनमा बनेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।