कमल थापालाई दिल निशानी मगरको चोटिलो प्रश्न : पूर्व राजासँगको भेटमा के कुराकानी भयो ? (भिडियो अन्तर्वार्ता)

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाइ बहुमतको सरकारबाट दिनानुदिन जनतामा बितृष्णा छाइरहेको बेला पुर्व राजा ज्ञानेन्द्र शाहले राजापक्षका राजनीतिक दलहरुसंगको भेटघाटलाई बाक्लो बनाएका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पनि भर्खरै पुर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।

थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको बेला राप्रपा अध्यक्ष थापासँग ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले समसामयिक र विविध राजनीतिक बिषयमा कुराकानी गरेका छन् । जसलाई तल हेर्नुहोस् :