जुनी खालिङ राईको सांगीतिक एल्बम ‘जुनी’ सार्बजनिक

काठमाडौं, २४ पुस । धनकुटामा जन्मिएर सांगीतिक क्षेत्रमा लागेकी जुनी खालिङ राईले पहिलो सांगीतिक एल्बम ‘जुनी’ सार्वजनिक गरेकी छन् ।

राजधानीमा एक कार्यक्रम गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र अन्य सांगीतिक हस्तीहरुको उपस्थितिमा एल्बम सार्बजनिक गरेकी हुन् ।

नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामर्थ्य राख्ने बताए । उनले गायिका राईको एल्बमभित्रका गीतहरू श्रुतिमधुर रहेको दाबी गरे ।

त्यसैगरी गायिका लोचन भट्टराईले गीत–संगीत मनोरञ्जनको साधन नभएर सभ्यता र संस्कृति भएको जनाइन्। किरात राईका प्रचलित लोकगीतमा विद्यावारिधि गरेका डा. भक्त राईले एल्बमका गीतहरू अब्बल रहेको बताए। उनले लोकजीवन र लोकलयमा आधारित गीत–संगीत कालजयी रहने विचार राखे। गायक तथा संगीतकार कृष्णभक्त राई र गीतकार टीका चाम्लिङले एल्बमका गीतहरूले श्रोताको मन छुने बताए ।

गायिका लोचन भट्टराईले गीत–संगीत मनोरञ्जनको साधन नभएर सभ्यता र संस्कृति भएको जनाइन् । किरात राईका प्रचलित लोकगीतमा विद्यावारिधि गरेका डा. भक्त राईले एल्बमका गीतहरू अब्बल रहेको बताए । उनले लोकजीवन र लोकलयमा आधारित गीत–संगीत कालजयी रहने विचार राखे । गायक तथा संगीतकार कृष्णभक्त राई र गीतकार टीका चाम्लिङले एल्बमका गीतहरूले श्रोताको मन छुने बताए ।