कम्मरमाथि पटुकी गाउँदै अस्मिता अधिकारी नाचेपछि उर्लिय दर्शक पनि ! (भिडियोसहित )

काठमाडौं, २४ पुस । वर्ल्ड टुरअन्तर्गत सर्वप्रथम जापान पुगेको नेपाल आइडरल सिजन २ का टप ५ प्रतिस्पर्धीहरु जापानको विभिन्न शहरहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइराखेका छन् ।

नेपाल आइडल सिजन २ को विजेता रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बरालले जापान बासी नेपाली तथा अन्य मानिसहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

उनीहरुको प्रस्तुतिले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु भरिभराउ छन् भन्दा फरक नपर्ला । उनीहरुले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिने क्रम जारी छ ।

सोही क्रममा नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले टोकियोमा आयोजित कार्यक्रममा नाच्दै गाउदै गरेको एक भिडियो यतिखेर भाइरल छ ।

भिडियो हेर्नुहोस् :