आफ्नै श्रीमतीको हत्याको अभियोगमा युवक पक्राउ

बर्दिया,२४ पुष। बर्दियामा आफ्नै श्रीमतीलाई कुटपिट गरि  हत्याको गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका-५ कृष्णासरटोल बस्ने ३५ वर्षीय मोहन बोहरालाई २५ वर्षीया श्रीमती सुष्मा कुँवरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हत्या पछि फरार रहेका मोहनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।