फेरि बढ्यो सुनको मूल्य ! कति पुग्यो त ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले बढेर ज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा बारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।