सुनचादीको आजको मूल्य यस्तो रहेको छ

काठमाडौँ, २४ पुस । मंगलबार नेपाली बजारमा सुनको भाउ केहि बढेको छ।

सोमबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मुल्य हिओको तुलनामा आज तोलामा १ सय रुपैयाँले बृद्दी भएको हो। त्यसै गरि हिजो सोमबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा बारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तर चाँदीको मूल्य भने आज घटेको छ। आज मंगलबार चांदी प्रतितोला ७ सय ५५ रुपैयाँमा बारोबार भइरहेको छ । चाँदी हिजो भन्दा आज ५ रुपैयाँले घटेको हो । हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।