असल आचरण देखाउने ९ नेपालीलाई कतारले दियो आममाफी

दोहा, २४ पुस । जेल जीवन बिताई रहेका ९ नेपाली बन्दीलाई कतार सरकारले आममाफी दिएको छ ।

गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा कतारको केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरुको चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइए हो ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान गरि रहेका कैदी बन्दी मध्ये असल चालचलन भएका बन्दीहरुलाई आममाफी दिने गरेको छ ।

यसपटक नेपाली दूताबासको पहलमा ९ जना नेपाली रिहा हुन सफल भएको दूताबासले जानकारी दिएको छ ।