चलचित्र ‘चौका दाउ’ले प्राप्त गर्यो पीजी सर्टिफिकेट, पुस २६ गते चितवनमा प्रिमियर हुँदै

चितवन, २४ पुस । पीजी सर्टिफिकेट प्राप्त गरेको बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’को प्रिमियर शो चितवनको नारायणगढमा हुने भएको छ ।

आइतबार मात्रै बालबालिकाले पनि हेर्न मिल्ने गरि पिजी सर्टिफिकेट प्राप्त गरेको हो ।

चलचित्रको प्रिमियर शो यहि पुस २६ गते बिहिबार साँझ ६ बजे चितवनको सुबिधा सम्पन्न क्यूएफएक्स सिनेमा हल नारायणगढमा गर्न लागिएको लक्की मिडिया हाउस चितवनका महाप्रवन्धक एंव कार्यक्रम संयोजक हरी कार्की लक्कीले जानकारी दिए ।

वरिष्ठ कलाकाहरुको साथमा हुने प्रिमियर शो कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिएका कलाकारसँगै चितवनमा विभिन्न क्षेत्रमा आवद्व रहेका व्यक्तिहरुलाई सम्मान समेत गरिने उनको भनाई छ ।

हास्यप्रधान चलचित्रको निर्देशन पूणेन्द्र झाको रहेको छ भने चलचित्रका निर्माता सम्भुजित बासकोटा र मनोज राजभण्डारी छन् ।

यस चलचित्रमा सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय रहेको छ ।