सरकारले अनुसन्धान विभाग प्रमुख रेग्मीलाई पदबाट हटायो, उनको ठाउँमा को आए ?

काठमाडौँ, २४ पुस । सरकारले प्रावधान संसोधन गरी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको हो ।

रेग्मीको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संसोधन गरेर रेग्मीलाई हटाएको हो ।

नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संसोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे ।