सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ, ५ महिनामै ९८ अर्ब ६० करोडबढीको आयात

काठमाडौं । नेपालमा ९७ प्रकारका सामानहरु विदेशबाट भित्रिने गरेका छन्। नेपालमा नभएका वस्तु तथा बढी आवश्यक भएका वस्तुहरु आयात हुने गरेका छन्। नेपालीलाई आवश्यक पर्ने मध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ नै हो।पेट्रोलियम पदार्थमा नेपालले वर्षमा खर्बौंको हाराहारीमा आयात गर्ने गरेको छ। नेपालमा सम्भावित भनिएका खनिज पदार्थहरुको उत्खनन् गर्न नसक्दा आर्थिक भार खेप्न परेको अर्थविद्हरुले टिप्पणी गर्दै आएका छन्।

नेपालमा आयात हुने मध्येको ग्याँस, पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थहरुमा ३ वर्ष यताकै सबैभन्दा बढी यो वर्षमा आयात हुने देखिन्छ। आर्थिक वर्ष २०७२/०७३ मा ८५ अर्ब १० करोड ५८ लाख ५४ हजार मुल्यको पेट्रोलियम पदार्थ आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा १४० अर्ब ५ करोड ७ लाख ६६ हजार रुपैँयाको पेट्रोलियम पदार्थ आयात भएको थियो। जुन १ वर्षमै ५४ अर्ब ९४ करोड ४९ लाख १२ हजार बढी रकमको आयात भएको हो।

आर्थिक वर्ष २०७४/०७५ मा १९७ अर्ब ८५ करोड ८४ लाख ३९ हजारको आयात भएको थियो । अघिल्लो वर्षको भन्दा झण्डै ५८ करोड मुल्य बराबरको पेट्रोलियम पदार्थ बढी आयात भएको थियो। कुल रकम ५७ अर्ब ८० करोड ७६ लाख ७३ हजार मुल्य बढीको आयात भएको छ।
वर्षेनी परनिर्भर हुँदै जाँदा नेपालमा विभिन्न ठाउँहरुमा छन् भनिएका खनिज पदार्थहरु झनै लुप्त हुँदै गएका छन्।

त्यस्तै चालु आर्थिक वर्ष २०७५/०७६ पहिलो ५ महिनामा खनिज ईन्धन, खनिज तेल र उनीहरूको आसवनका उत्पादनहरू (पेट्रोलियम पदार्थ) ९८ अर्ब ६० करोड ६२ लाख ७२ हजारको आयात भइसकेको भन्सार विभागको सूचना अधिकारी शिवप्रसाद भण्डारीले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

५ महिनामै खर्बको हाराहारीको मुल्यको आयात हुनुले २ खर्ब ३४ अर्बबढीको पेट्रोलियम पदार्थ आयात हुने देखिन्छ। निर्यात भने १० लाख ३१ हजार मुल्यबराबरको पेट्रोलियम पदार्थ भएको छ।

त्यसपछिको दोश्रो नंमा आयात हुने मध्यको फलाम तथा स्टिल रहेको छ। यसमा पनि यो वर्षको ५ महिनामा मात्रै ६५ अर्ब ८२ करोड ९१ हजारको आयात भएको छ। निर्यात भने २ अर्ब ९२ करोडको २९ लाख १० हजारको निर्यात भएको तथ्याङ्कले देखाएको छ।
यसरी नेपालमा निर्यात हुने मुल्यको एक चौथाइ मुल्य बराबरको वर्षेनी आयात हुँदै गएको छ।