यी हुन् गर्भमा बच्चा भएका बेला शारीरिक सम्बन्ध राख्दा अपनाउनै पर्ने सावधानीहरु

काठमाडौँ । धेरैजसो दम्पतीहरुको चासो को बिषय रहेको कुरा बच्चा पेटमा हुदा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन् भन्ने कुरा हो ।

यस बिषयलाई चिकित्सा बिज्ञानले तिन भागमा बांडेको पाईन्छ ।

-पहिलो ३ महिना
-दाश्रो तिन महिना
-तेश्रो तिन महिना

यथार्थमा भन्नुपर्दा पहिलो ३ महिनामा गर्भमा रहेको भ्रुणको प्रारम्भीक विकास र त्यसको सुरक्षाका आवश्यक आवयवहरु ब्यवस्थापन गर्ने समय हुन्छ ।
त्यस्तो अवस्थामा शरीरमा अधिक कम्पन हुनाले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ । त्यसैले पहिलो तिन महिना पनि यौन सम्पर्कका लागि उचित मानिदैन् । यदि त्यसबेला सम्बन्ध राख्न चाहेपनि अधिक कम्पन हुनेगरी राख्नु उचित हुदैन् ।

गर्भाधान भएको दोश्रो त्रैमासिक समयमा यौन सम्पर्कका लागि सुरक्षीत र उपयुक्त समय मानिन्छ । त्यस्तो अवस्थामा थर्भमा रहेको बच्चालाई प्राकृतीक रुपमा शुरक्षा प्रदान भएको हुन्छ ।

गर्भ धारणको तेस्रो त्रैमासिक समय महिलाको पेट ठुलो हुने भएर सामान्यतया महिला पुरुषले प्रयोग गर्ने पुरुष माथि महिला तल भएर गरिने सम्भोग गर्न अप्ठारो हुन्छ ।

त्यस्तोमा यथेष्ट घर्षण र लिंग प्रबेशमा बाधा पुग्ने मात्र होइन गर्भासयमा बढि चाप पर्ने हुदाँ महिलालाई सास फेर्न गाह्रो हुन्छ । र पेटमा रहेको बच्चलाई पनि असर पुग्न सक्छ ।