अन्तत विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

काठमाडौं, २३ मङ्सिर । मानव बेचबिखनको आरोप लागेपछि विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

उनकै पूर्वचालक वाङ्छु शेर्पाले लक्की शेर्पालाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी थिइन । उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ पनि गरिएको थियो

परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।  छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो ।