विद्रोही विरुद्ध सेनाको कडा कारबाही शुरु

म्यानमार, २३ पुस । म्यानमारको सरकारी सेनाले विद्रोहीविरुद्ध ‘कडा कारवाही’ अभियान सुरु गरेको छ ।

गत हप्ता आदीवासी राखिने समुदायका विद्रोहीले चार प्रहरी कार्यालयमा मानवीय क्षति नै हुनेगरी आक्रमण गरेपछि कारबाही अभियान सुरु गरेको हो ।

सरकारका एकजना प्रवक्ताले हिंसाबाट हजारौ घरपरिवार प्रभावित भएको जनाए । उनले सुरक्षा कारबाही आवश्यक देखिएकोले राज्य सोही अनुरूप अघिबढ्ने सोमबार बताएका छन् ।

म्यानमारको पश्चिमी राखिने राज्यमा पछिल्ला केही हप्ता श्रीङ्लखाबद्ध रुपमा हिंसाका घटनाहरू भइरहेका छन् । राखिने बौद्ध समुदायको हतियारधारी समूहका रुपमा चिनिने अराकान आर्मी एए र सरकारी सुरक्षा फौजका बीचमा झडपहरू भएका छन् ।