बङ्गलादेशी प्रमलाई शुभकामना सन्देश

काठमाडौँ, २३ पुस | प्रधानमन्त्री केपी शर्मा ओलीले जनगणतन्त्र बङ्गलादेशको प्रधानमन्त्रीको पदभार पुनः सम्हाल्नुभएकामा त्यहाँकी नेत्री शेख हसिनालाई आज शुभकामना सन्देश पठाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकालको कामना गर्दै आगामी दिनमा दुई देश र जनताबीचको सम्बन्ध थप सुदृढ तुल्याउनका निमित्त बङ्गलादेशका प्रधानमन्त्रीसँग निकट रुपमा सहकार्य गर्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रा डा एके अब्दुल मोमेनलाई उहाँ बङ्गलादेशको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा आजै बधाई सन्देश पठाउनुभएको जनाइएको छ । रासस