मलाइकासंग डिभोर्सपछि २२ बर्ष कान्छी प्रेमिकासँग दोस्रो विवाह गर्दै अभिनेता अरबाज खान

एजेन्सी। बलिउड अभिनेता अरबाज खान ५१ बर्षको उमेरमा दोश्रो विवाह गर्दै छन् । अरबाज आफुभन्दा २२ बर्ष कान्छी इटलियन गर्लफ्रेन्डसंग विवाह गर्दै छन् । त्यस्तै उनकी एक्स वाइफ मलाइका पछिल्लो समय अर्जून कपूरको साथ हरेक दिन देखिन थालेकी छिन् । ४५ बर्षकी मलाइका र अर्जून पनि छिट्टै विवाह गर्दै छन् । भनिन्छ कि अर्जूनसंग अफेयरको कारणले नै मलाइका र अरबाजको सम्बन्ध बिच्छेद भएको थियो । अब अरबाज र मलाइका अलग-अलग नयाँ घर बसाउदै छन् ।

विवाह भएको १८ वर्षपछि ११ मे २०१७ मा अरबाज र मलाइकाको सम्बन्ध बिच्छेद भएको थियो । दुवैको सम्बन्ध बिच्छेद बांद्राको फेमिली कोर्टले मोहर लगाएको थियो ।

एक तर्फ अरबाज खान आफ्नो विदेशी गर्लफ्रेन्डको साथ खुलेआम प्रेम दर्शाउँदै देखिन्छन् भने अर्को तर्फ मलाइका अरोराले अर्जून कपूरको साथ आफ्नो सम्बन्धलाई अफिसियल रुपमा स्वीकार गरेकी छिन् ।