डा केसीको १६औं अनसन नेताबिरुद्ध हुने ! (विज्ञप्तिसहित)

काठमाडौं, २३ पुस । १५ औँ अनसनका बेला आफूसँग भएका सम्झौता विपरित काम भइरहेका भन्दै सामाजिक अभियान्ता डा. गोविन्द केसीले आपत्ति जनाउँदै १६ औं अनसन बस्ने चेतावनी दिएका छन् ।

आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक संसदमा अघि बढाएको भन्दै डा केसीले तत्काल सच्चाउन माग गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले सहमतिविपरित विभिन्न विधेयक पारित गरेकोमा आपत्ति प्रकट गर्दै प्रेस विज्ञप्ति वितरण गरेका छन् । साथै सरकारले जनताको सवालमा काम नगरेको आरोप लगाएका छन् ।

उनले उपसमितिले पठाएको प्रतिवेदन समितिले अविलम्ब नसच्चाए पुष २५ अगाडि नै सत्याग्रह बस्ने र अबको सत्याग्रह नेताबिरुद्ध हुने चेतावनी दिए ।

विज्ञप्ती हेर्नुहोस् :