चलचित्र ‘हृदय भरी’मा पल शाहले नबनायिका श्रद्धा छेत्रीसंग रोमान्स गर्ने (भिडियो सहित)

काठमाडौं, २३ पुस । अहिलेका अत्याधिक रुचाइएका अभिनेता पल शाहलाई लिएर चलचित्र र ‘हृदय भरी’ बन्ने भएको छ ।

चलचित्र निर्माण टिमले आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै उक्त चलचित्र निर्माणको घोषणा गरेको हो ।

सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने यस चलचित्रमा पल शाह, नबनायिका श्रद्धा छेत्री, निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा, सलोन बस्नेतको मुख्य भूमिका रहने बताइएको छ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने यस चलचित्रमा निकेश लिम्बु, चन्दन शाह निर्माता रहने छन् ।