टिभी सिरियल ससुराल सिमरकाकी सिमर माथि एसिड आक्रमणको धम्की

नयाँ दिल्ली । बिग बोस–१२ की विजेता दीपिका इब्राहिम कक्कडलाई एसिड आक्रमणको धम्की आएको छ। भारतिय मिडियाका अनुसार मोसल मिडियामा आफूलाई श्रीसंतका फ्यान बताउने एक युजर्सले दीपिकामाथि एसिड आक्रमणको धम्की दिएको बताइएको छ ।

ट्वीटमा दीपिकाविरुद्ध गलत भाषा प्रयोग गर्दै ती युजर्सले भनेका छन्, तिमीलाई कही देखेभने तिम्रो मुखमा एसिड फालेर मार्नेछु। यस ट्वीट देख्ने वित्तिकै दीपिकाका फ्यान अलर्ट हुँदै सको जानकारी मुम्बई प्रहरीलाई गराइसकेका छन् ।

बिग बोस १२ को ट्रफी श्रीसंतको हातमा नपरेपछि उनका फ्यान निरास छन् भने दीपिकादेखि रुष्ट छन्। दिपिका टिभी सिरियल ससुराल सिमरकामा अभिनय गरेर चर्चामा आएकी थिइन् ।