चार राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २३ पुस | राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।

आज शीतल निवासमा आयोजित समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका आवासीय राजदूत जो योङ, जनवादी गणतन्त्र चीनका आवासीय राजदूत हाउ याङ्की, साउदी अरेबियाका आवासीय राजदूत मुसाइद बिन सुलाइमन र स्वेडेनका गैरआवासीय राजदूत कलास मोलिन हुनुहुन्छ । रासस