अन्जुदेवीको साथबाट ५० हजार लुटेर भाग्दै गरेकी फुलकुमारी पक्राउ

काठमाडौं, २३ पुस । आईएमईबाट झिकेर ल्याएको ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा विष्णुपुर गाउँपालिका-१ चोकबाट नगद ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी सप्तरी राजबिराज नगरपालिका-३ की २८ वर्षीया युवती फुलकुमारी दुसादलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आइतबार दिउँसो सिरहा नरहा गाउँपालिका-३ माईतीघर बस्ने धनुषा घर भएकी २५ वर्षीया अन्जुदेवी यादवले आईएमईबाट उक्त नगद निकाली गाडी चढेर माईत जाँदै गरेको अवस्थामा रकम लुटेकी थिइन् ।

फुलकुमारीलाई इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले नगद सहित पक्राउ गरेको हो ।