नेपाल विद्यार्थी संघले चाल्यो नयाँ अभियान, अब पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’!

पोखरा, २३ पुस । नेपाल विद्यार्थी संघले पोखराको पीएन क्याम्पसबाट नयाँ अभियान चलाएको छ ।

अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ लेखिएको भन्दै ब्यानर टाँसेको हो ।

सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य गुरु बरालले ब्यानर टाँसेर अभियानको सुरुवा त गरे ।

पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकसँगै क्याम्पस गेटअगाडि टाँसिने नेविसंघले जनाएको छ ।