सामाखुसीमा माइक्रोबसले ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते !

काठमाडौँ, २३ पुस । सडक पार गर्ने क्रममा माइक्रोबसले ठक्कर दिंदा सामाखुसीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित अवस्थामा गुडिरहेको माइक्रोले सडक पार गर्दै गरेका बटुवालाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा धुम्बाराहीकी सीता दाहाल रहेकी छिन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बताएको छ ।

घाइते मध्ये अन्य तीन जनाको भने ग्रीन सिटी अस्पतालमा सामाखुसीमै उपचार भइरहेको छ । ठक्कर दिने माइक्रोबसका माइक्रो र त्यसका चालकलाई नियन्त्रण लिइसकेको छ ।