पर्यटनमन्त्री अधिकारीले पदबाट राजीनामा नदिने

काठमाडौं, २३ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा गरेको पत्रकार सम्मेलनमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

संसदीय उपसमिति तथा लेखा समितिले ४ अर्ब ३५ करोड अनियमितता गरेको भन्दै कारवाहीका लागि सिफारिस गरेका बेला मन्त्री अधिकारीले भने राजीनामा नदिने बताएका हुन् ।

मन्त्री अधिकारीले भने, ‘मैले राजीनामा दिन्न बरु वायुसेवा निगमलाई धरासायी हुनबाट जोगाउँछु ।’ उनले अगाडी थपे, ‘निगममा भएका कमी कमजोरी हटाउने र राम्रो बनाएर लैजान्छु । न्यायिक समिति बनेको छ, संसद्को समितिले पनि हेरिरहेकै छ ।’ नागरिकको बीचमा दुविधा भयो भनी निगमले आफ्नो यात्रा तय गर्न नसक्ने उनको भनाई छ ।

आफू निगमको सुधार अभियानमा लागेको भन्दै सहि काम गर्दा आलोचना हुने गरेको उनले गुनासो पोखे ।

मन्त्री अधिकारीले फलाम आगोमा खरिएरै बलियो हुने दृष्टान्त दिँदै पछिल्ला घटनाक्रमले आफूलाई थप जिम्मेवार र परिपक्व बनाउने बताए ।

आफुले राजनीति गरेको खालि कुर्सीका लागि मात्र नभएको पनि उनले स्पष्ट पारे