रातो कपडा लगाएका ११ युवतीलाई बलात्कार गरी विभत्स तरिकाले हत्या गर्ने ‘सिरियल किलर’ लाई दिइयो मृत्युदण्ड !

एजेन्सी, २३ पुस । ११ महिलालाई बलात्कार गरी हत्या गर्ने सिरियल किलरलाई मृत्युदण्डको सजाय दिएको छ ।

चीनका सिरियल किलर गाओ चेंगयोंगलाई मृतयुदण्ड दिइएको हो ।

उनले रातो कपडा लगाएका युवतीलाई आफ्नो सिकारमा पारेर बलात्कार गरेपछि हत्या गर्ने गरेको बताएका थिए । चीनको ज्याक द रिफर नामले चिनीएका ती ब्यक्तिको लागि बलात्कार र हत्या उस्तै थियो ।

रातो कपडा लगाएका महिलालाई पिछा गर्दै गएर उनको घरसम्मा पुगेपछि एक्लै भएको मौका पारेर बलात्कार गरेर विभत्स तरिकाले हत्या गर्ने उनले बयानका क्रममा बताएका थिए । रातो कपडा लगाएको महिलालाई आफ्नो नजरमा राखेर महिलाका घाँटी, कान, नाक र हातका साथै गुप्तांग पनि काटिदिन्थे । २० वर्ष आसपासका युवतीलाई आफ्नो पासमा पार्ने गरेका ती ब्यक्तिले एक ८ वर्षकी बालिकाको पनि हत्या गरेको थिए । उनलाई पक्राउ गर्न नसक्दा प्रहरी नै धेरै पटक गिरेको थियो ।

हत्या गरेको २८ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले उक्त हत्यारालाई मृत्युदण्डको सजाय सु्नाएको थियो । ती ब्यक्ति महिलासँग घृणीत थिए । उनले अधिकांश अपराध चिनको गांसु प्रान्त र इनर मंगोलिया क्षेत्रमा गरेका थिए ।

लामो समयको प्रयासपछि प्रक्राउ परेका हत्यारालाई अर्कै केशमा समातिएको थियो तर पछि गाओका आफन्त भन्ने थाहा पाएपछि डिएनए परिक्षणमा उनी रातो कपडा लगाउने युवतीको हत्यारा भएको थाहा पाइयो । त्यसपछि उनलाई अदालतले मृत्युदण्ड दिएको हो ।