एक्कासी सडकमा डलरको नोटहरु उड्न थालेपछि मानिसहरु तछाडमछाड गर्दै कुदे डलर समात्न !

एजेन्सी, २३ पुस । अमेरिकाको एक हाइवेमा एक्कासी डलरको नोटहरु हावामा उड्न थालेपछि मानिसहरु डलर टिप्न तछाडमछाड गरेका छन् ।

अमेरिकाको न्यू जर्सीस्थित हाइवेमा यस्तो दृश्य देखिएको हो ।

जताततै हावामा नोट उड्न थालेको देखेर डलर टिप्न जाने क्रममा मानिसहरुको भिडको कारण यातायात समेत अवरुद्ध भएको थियो । डलर टिप्न भागदौड मच्चिदा मानिसहरु दुर्घटनामा समेत परेका छन् ।

ब्रिंक कम्पनीको एक ट्रकमा रहेका ५ लाख डलर एकापट्टीको ढोका खुलेर त्यहाँ बाट नोट झरेर तिब्र हावाको कारण उड्न थालेपछि डलर समात्न मान्छेको भिड लागेको हो ।

डलर समात्नमा प्रहरीहरु पनि संलग्न भएको पाइएको छ । सडकमा नै गाडी पार्क गरेर मानिसहरु एक्कासी डलर समात्न पुगेका थिए ।

यसरी सडकमा नै डलर उड्न थालेको देखेर कतिपय मानिसहरु त पागल जस्तै बनेका थिए । यसरी पोखिएको डलर मध्ये १० हजार त फिर्ता भयो तर धेरै रकम भने फिर्ता हुन बाँकी रहेको छ । बाकि रहेको रकम फिर्ता गर्न यतिबेला प्रहरीहरु लागिरहेका छन् ।