काठमाडौंको चन्द्रागिरिमा हिमपात, देशका कतिपय स्थानमा बर्षा

काठमाडौं, २३ पुस । मुलुकभरिको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ । राजधानीको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

काठमाडौंको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ ।

सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । आज राति देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी भागमा हल्का पानी पर्ने पूर्वानुमान माहाशाखाको छ ।

काठमाडौं उपत्यकामा सेप्टेम्बर २३ यता पहिलो पटक पानी परेको महाशाखाले जनाएको छ । आज सवैभन्दा बढि वर्ष धनगडीमा भएको छ । त्याहा ९ मिलिलिटर पानी परेको छ ।

मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।

मौसमविद् कँडेलका अनुसार मंगलबारबाट मौसम सफा हुनेछ ।