अब बलिउड अभिनेता दोय एउटै फिल्ममा खेल्दै ऋतिक रोशन र टाइगर श्राफ, ऋतिकको चेला बन्दै टाइगर

काठमाडौँ – पछिल्लो समय एक्सन र डान्समा पोख्त भएका बलिउड अभिनेता हुन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्राफ । यी दुइ चर्चित अभिनेताले थुप्रै फिल्म खेले पनि सँगै भने फिल्म खेलेका थिएनन् ।बलिउडका अन्य अभिनेता भन्दा एक्सन र डान्समा धेरै अगाडी रहेका यी दुइ अभिनेता अब भने एउटै फिल्ममा देखिने भएका छन् । भारतीय मिडियाका अनुसार यी दुइ अभिनेता एउटै फिल्ममा गुरु र चेलाको भूमिकामा अभिनय गर्ने भएका छन् ।

यशराज ब्यानरमा बन्न लागेको यस फिल्ममा ऋतिक र टाइगर दुवैले एक्सन, स्टन्ट र डान्स गर्नेछन् ।बलिउडका ‘क्रिश’ मानिने ऋतिक गुरुका रुपमा देखिने छन् भने ‘बाघी’ मानिने टाइगर चेलाको भूमिका देखिनेछन् । यस फिल्ममा अभिनेत्रीको भूमिका वाणी कपूरले निभाउने भएकी छिन् । यो फिल्म सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको हो । यस फिल्मको थुप्रै देशमा सुट हुने बताइएको छ ।