एसिया कप फुटबलमा भारतको विजयी सुरुआत, ३२ वर्षपछि पहिलो जित

युएईमा जारी एसिया कप फुटबलमा भारतले विजयी सुरुआत गरेको छ ।

गएराति भएको खेलमा भारतले थाइल्याण्डमाथि ४–१ को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

भारतको जितमा कप्तान सुनिल क्षत्रीले २ तथा अनिरूद्र थापा र जेजे लाल्पेखुलाले एक-एक गोल गरेका थिए।

खेलको २६ औं मिनेटमा कप्तान क्षेत्रीले पेनाल्टीमार्फत गोल गर्दै भारतलाई सुरूवाती अग्रता दिलाए। त्यसको तीन मिनेटपछिनै थाइल्याण्डले बराबरी गोल फर्कायो। उसका लागि कप्तान हेरासिल दांगडाले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारतले आक्रमक खेल्दै ३ गोल गर्‍यो।

दोस्रो हाफको सुरूवातमै कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे। उनले ४७ औं मिनेटमा उदान्ता सिंहको पासमा गोल गरेका थिए।

यस्तै खेलको ६८ औं मिनेटमा कप्तान क्षेत्रीकै पासमा अनिरूद्ध थापाले गोल गर्दै भारतको अग्रता दोब्बर पारे।

त्यसपछि खेलको ८१ औं मिनेटमा सब्स्टीच्यूट खेलाडी जेजे लाल्पेखुलाले गोल गर्दै भारतलाई ४-१ को सहज जित दिलाए।

यो सँगै भारतले एएफसी एशियन कपमा ३२ वर्ष पछि पहलो जीत निकालेको हो।

एसिया कप फुटबलमा हिजै भएको अर्को खेलमा जोर्डनले साविक विजेता अष्ट्रेलियालाई १–० ले हरायो।

उता सिरिया र प्यालेस्टाईनले गोलरहीत बराबरी खेलेका थिए।

एसिया कप फुटबलमा आज तीन खेल हुनेछन् । आज चीन र कीर्गिस्तान भिड्दा दक्षिण कोरिया र फिलिपिन्स तथा ईरान र यमन भिड्नेछन्।