सिंहदरबारको पूर्वी गेट अगाडि ट्रन्सफर्मरमा आगलागी

काठमाडौं, २३ पुस । सिंहदरबारको पूर्वीगेट अगाडि अनामनगरमा विजुलीको ट्रान्सफर्मरमा आगलागी भएको छ ।

सोमबार बिहान ट्रान्सफर्मरमा आगलागी भएको हो । आगलागी भएपछि तत्काल आएको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

सिंहदरबारको पूर्वी गेट अगाडिको ट्रान्सफर्मरमा भएको आगलागीबाट मानवीय क्षति भएको छैन । ट्रान्सफर्मरमा आगो लागेपछि त्यस क्षेत्रको विद्युत आवागमन प्रभावित भएको छ ।