आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित, खेलको शुरुवाती तेस्रो मिनेटमै खायो गोल !

काठमाडाैं, २३ पुस । स्पेनिस ला लिगा फुटबलमा आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड नराम्ररी पराजित भएको छ ।

गए राति भएको खेलमा म्याड्रिड रियल सोसाइडेडसँग २–० गोलअन्तरले पराजित भएको हो ।

रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे । खेलको तेस्रो मिनेटमा नै रियल सोसाइडेडले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै जोसेले रियल सोसाइडेडलाई अग्रता दिलाएका थिए ।

सुरुवाती समयमै दबाबमा आएको रियल म्याड्रिड खेलको ६१ औं मिनेटमा रियल म्याड्रिडका लुकास भजक्वएजले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल म्याड्रिड झनै दबाबमा आएको थियो ।

खेलको ८३ औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोलको सनसनीपूर्ण जित दिलाए ।

हारसँगै रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको भने समान खेलबाट २२ अंक छ ।